दशैंमा पानी पर्ने सम्भावना, धान तत्काल नकाट्न मौसमविद्को सुझाव

  • प्रकाशित मिति : २०७९ आश्विन १७, सोमबार
  • नेपाल टेल

काठमाडौं । मौसमविद्हरुले दशैंको समयमा पानी पर्ने सम्भावना रहेको बताएका छन्। मौसमपूर्वानुमान महाशाखाले दशै. विशेष बुलेटिन नै जारी गरेको छ।

महाशाखाअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दसैँका लागि निकालेको विशेष मौसमी बुलेटिनमा दसैँका बेला पानी पर्ने र मनसुन ढिलो गरी बाहिरिने जानकारी दिएको हो।

मनसुन बाहिरिनुपर्ने सरदर समयमा थप सक्रिय हुने देखिएसँगै भित्र्याउने बेला भएको धानबाली भएका किसानलाई सतर्क रहन मौसमविद् तथा धानबाली विज्ञले आग्रह गरेका छन्।