संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

  • प्रकाशित मिति : २०८० बैशाख २२, शुक्रबार
  • नेपाल टेल

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ ।

माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको हो ।

सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसै क्रममा हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।