राष्ट्रपतिको सहयोगका लागि १ रुपैयाँ दान अभियान

  • प्रकाशित मिति : २०८० असार २१, बिहीबार
  • nepaltale.com

राष्टपति रामचन्द्र पौडेलको सहयोगका लागि पोखरामा अनेरास्ववियु र युवा संघले एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन् ।

उनीहरुले बुधबार गण्डकी प्रदेशसभा बाहिर चन्दा संकलन गरेका थिए । पहिले प्रेस विज्ञप्ती जारी गरेरै उपचार खर्च नलिने घोषणा गरेपनि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि अभियान सुरु गरिएको अनेरास्ववियु गण्डकीका संयोजक आरके पोखरेलले जानकारी दिए ।

पोखरासहित प्रदेशभर अभियानमार्फत उठ्ने पैसा सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने उनले बताए ।

बुधबार गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिएका थिए । प्रदेश, जिल्ला तथा स्थानीय तहमार्फत प्रदेशका सबै जिल्लामा अभियान चलाउने संयोजक पोखरेलको भनाई छ ।