गोदावरीमा सडक भासियो

  • प्रकाशित मिति : २०८० श्रावण २३, मंगलवार
  • नेपाल टेल

सोमबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गोदावरी नगरपालिका ४ भावर खण्डमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदिप चन्दले ठूलो पहिरोसँगै सडक नै भासिएका कारण सवारी आवागमन अवरुद्ध भएको बताए ।

सडक सुचारु गर्नका लागि गोदावरीस्थित हेभि इक्युपमेन्ट डिभिजन कार्यालयसंग समन्वय भैरहेको डिएसपी चन्दले बताए । उनले अहिले त्यो बाटो भएर यात्र नगर्न अनुरोध समेत गरे ।