आठराइमा श्रीमतीकाे शव गाडेको अवस्थामा भेटियो, उनका श्रीमान बेपत्ता

  • प्रकाशित मिति : २०८० श्रावण २७, शनिबार
  • nepaltale.com

तेहथुमको आठराई गाउँपालिका १ डाडागाँउ बजारमा पसल गर्दै आएकी रेशिका श्रेष्ठको शव गाडिएकोे अवस्थामा फेला परेको छ ।

उनको शव पसल छेउमा रहेको सुगुरको खोर नजिकै गाडिएको अवस्थामा भेटिएको हो । उनी साउन १४ गतेदेखि हराइरहेको इलाका थिइन । उनी हराएको दश दिन पश्चात (साउन २४ गते) उनका श्रीमान राजकुमार श्रेष्ठ पनि हराएपछि स्थानीयले प्रहरीमा जानकारी गराएका थिए ।

यसैविच खोजतलास गर्दा शनिवार दिँउसो रेशिकाको शव घर छेउमा रहेको सुगुरको खोर नजिकै गाडेको अवस्थामा फेला पारेको इलाका प्रहरी चौकी संक्रान्ती बजारका प्रहरी नायव निरिक्षक जुलुमकुमार चौधरीले वताए ।

श्रीमान राजकुमार उनले चढ्ने प्र.–०१–०३–००१ प ०४८९ नम्वरको मोेटरसाइकल सहित बेपत्ता छन ।राजकुमार स्वयमले श्रीमतीको हत्या गरेर फरार भएको प्रहरीको अनुमान छ ।

श्रेष्ठ दम्पती डाडागाउँ बजारमा दमन्ता स्टोर र हाेटल सञ्चालन गर्दै आएका थिए ।

रेशिकाको शव सडेको अवस्थामा प्रहरीले खाल्डोबाट झिकेको छ । उनको शव परिक्षणका लागि आवस्यक प्रकृया शुरु गर्नका साथै राजकुमारको खोजी कार्य शुरु गरेको पनि चौधरीले बताए ।