विराटनगरका दुईजना र धनकुटाका एकजनाको कोरोनाको संक्रमण भेटिएको छ । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले यसलाई पुष्टि गरेको छ ।
कोशी अस्पताल विराटनगरमा आज गरिएको पिसिआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुईजना र धनकुटाका एकजनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।