जगदीश खरेल संचार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त

  • प्रकाशित मिति : २०८२ आश्विन ६, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खरेललाई सञ्‍चारमन्त्रीमा नियुक्त गरेका हुन् ।

पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।



उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा विद्यावारिधी गरिरहेका छन् ।