जालीले छोपियो क्षतिग्रत सिंहदरबार

  • प्रकाशित मिति : २०८२ आश्विन ८, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगोले जलेर क्षति पुगेको सिंहदरबार मर्मत गर्नका लागि कम्पाउन्डिङ जालीले छोपिएको छ । क्षतिग्रस्त सि‌ंहदबार धमाधम कम्पाउन्डिङ जालीले छाेपिएकाे हाे ।

भदौ २४ गते आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेको थियो । आगजनीको कारण भवन क्षतिग्रस्त भएको छ । सि‌ंहदरबारका अधिका‌ंश स‌ंरचना जलेर क्षतिग्रस्त भएकाे छ ।



कहिलेदेखि मर्मत गर्ने अहिलेसम्म टु‌ंगाे लागिसकेकाे छैन । आगजनीकै कारण केही भवनहरु प्रयाेग गर्न नमिल्ने प्राविधिकहरुले बताएका छन् । यसअघि सि‌ंहदरबार परिसरमा जलेका सवारीसाधनहरु हटाइएकाे थियाे ।

फाेटाे-रासस