काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन र शासकीय स्परुप फेर्ने अधिकार अन्तरिम सरकारलाई नभएको बताएकी छन् ।
देशबासीका नाममा नाममा सम्बोधन गर्दै आउने चुनावपछिको संसदबाट संविधान संशोधन गर्न सुझाव दिइन् ।
उनले भनिन्, ‘६ महिने कार्यकाल रहेको सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था छैन । तैपनि हामी कतिसम्म गर्नसक्छौं त्यसको इमानदार प्रयास गर्नेछौँ । नेपालको संविधान र शासकीय स्वरूपबारे जेनजी पुस्ताले आन्दोलनको क्रममा उठाएको विषय वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय हो ।’
उनले परिवर्तन पक्षधर सबैलाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आग्रह गरिन् ।
उनले संविधान र शासकीय प्रणाली लगायत जेनजी पुस्ताले उठाएको विषय सरकारको कार्यक्षेत्रभन्दा बाहिको भएको बताइन् ।
 
                 
                                 
                                         
                                         
                                         
                    