नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा

  • प्रकाशित मिति : २०८२ कार्तिक १२, बुधबार
  • नेपाल टेल संवाददाता

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटले पारिवारिक कारण देखाउँदै राजीनामा दिएका छन्।

उनले आजै नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन्।



रानाभाटको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको बताइएको छ। उनी एसपीबाट एसएसपी बढुवा हुँदा एक नम्बरमा नाम परे पनि बढुवाबाट छुटेका थिए।