काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा फेरी फुटेको छ ।
पोलिटव्यूरो सदस्य चिरन पुन उर्फ मिलन सीले पार्टी फुटाएर आफ्नो नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको तेस्रो दिनमा नै पार्टीका स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले फेरी पार्टी फुटाएर नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेका हुन् ।
नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० लगायतका ८ दलविचमा एकता गर्ने सहमति पत्रमा बुढाथोकीको पनि हस्ताक्षर रहेको छ । २ दिन अघि विप्लव समूह फुटाएका चिरन पुनको पनि एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर रहेको छ ।
२ वर्ष अघि कर्णजित बुढाथोकी नेतृत्वको नेकपा ९माओवादी समाजवादी०ले विप्लव समूहसँग एकता गरेको थियो ।
७ सदस्यीय स्थायी समितिमा बुढाथोकी पनि एक स्थायी समिति सदस्य हुन् । यसले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको विप्लव समूहलाई धक्का दिएको छ । बुढाथोकीकै नेतृत्वमा विप्लव समूहले निर्वाचन आयोगमा दल दर्ता गर्न समिति गठन गरेको थियो ।