नेपाली कम्यूनिष्ट पार्टीका संयोजक एव रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुष्प कमल दाहाल प्रचण्डले नयाँ र पुराना दलहरूको संरक्षक आफू नै रहेको बताएका छन् ।
आज प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
वरिष्ठ नेताहरू मध्येमा जनताले आफूलाई मात्र जिताएर पठाएको कारण अब सबै दलको संरक्षणको काम आफूले गर्ने उनले बताए ।
हिजो एमाले कांग्रेसलाई दुई तिहाइको अहकांर नगर्नुस् है गल्ती हुन्छ भनेर बारम्बार संसदमा बोलिहरेको बताउँदै भ्रष्टाचारको विरुद्ध लड्दै गर्दा विकास र समृद्धिको लागि लड्दै गर्दा संख्याको अहंकारले आफूलाई बाहिर पठाएको उनले बताए ।
अहिले विजयी हासिल गरेका नयाँ पार्टीलाई बधाई दिँदै उनले त्यही अहंकार नयाँ दलले दोहोर्याए भने देशको लागि दुर्भाग्य हुन जाने संयोजक दाहालले बताए ।
‘मेरो इतिहासको आधारमा म तपाईँहरूको लागि धेरै ठुलो गुरु हुन सक्छु” संयोजक दाहालले भने, ‘तपाईँहरूको जस्तै लहर मैले २०६४ मै देखिसकेको छु ।’ त्यसैले नयाँ दलहरूलाई पनि आफूले राम्रोसँग नेतृत्व दिनुपर्दछ भन्ने महसुस गरेको भनाई उनको थियो ।