निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूलाई बन्द सूची पेश गर्न दुई दिन समय दिने तयारी गरेको छ ।
निर्वाचन तालिका अनुसार आयोगले पुस १८ र १९ गतेका लागि बन्द सूची पेश गर्ने मिति प्रस्ताव गरेको हो । यद्यपि आयोगले आवश्यक परे मितिमा हेरफेर गर्न सक्ने जनाएको छ ।
आयोगका अनुसार समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवारको बन्द सूची बुझाउने तयारीका क्रममा विभिन्न राजनीतिक दलहरूले आन्तरिक रूपमा काम अघि बढाइसकेका छन् । आयोगले यसअघि राजनीतिक दलहरूलाई निर्वाचन तयारीका विषयमा जानकारी गराउँदै आवश्यक तयारी तीव्र पार्न आग्रह गरेको थियो ।