काठमाडौं । नेपाली कांग्रेसले चुनाव भाग लिने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए।
महाधिवेशनबारे थप निर्णय गर्नको लागि बैठक फेरि ११ गते बस्ने बताए।
बैठकले निर्वाचनको माध्यबाट नै संविधानको रक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
उनले भने, ‘प्रतिनिधि सभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्था यो विषय राजनीतिक मात्रै नभए संवैधानिक पनि हो। सर्वोच्च अदालतमा पनि विचाराधीन भएकाले अन्तिम व्याख्या हुनेछ भन्ने कांग्रेस विश्वास गर्दछ।’
अहिलेको राजनीतिक निकास निर्वाचन नै भएको बैठकले निष्कर्ष निकालेको पनि बताए।