राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोलि मात्रै जेलमुक्त हुने भएका छन्।
जिल्ला अदालत रुपन्देहीमा पुगेर आवश्यक कागजात (पूर्जी) लिनुपर्ने भएकाले उनको रिहाइ भोलि हुने रास्वपाका नेता हरि ढकालले जानकारी दिए।
ढकालका अनुसार पूर्जी लिनका लागि लामिछाने भोलि भैरहवा जानेछन्। उच्च अदालत तुल्सीपुरले आज लामिछानेलाई रिहाइ गर्न आदेश दिएको थियो। अदालतको उक्त आदेशसँगै नख्खु कारागार बाहिर लामिछानेलाई स्वागत गर्न समर्थकहरूको भिड जम्मा भएको छ।