हामी नयाँ छौं तर बेवकुफ छैनौं : रवि लामिछाने

  • प्रकाशित मिति : २०८३ बैशाख २७, आईतवार
  • नेपाल टेल संवाददाता

रास्वपाका सभापति रवि लामिछानेले आफूहरू नयाँ भएको तर बेवकुफ नभएको बताएका छन् । पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामी नयाँ छौं तर बेबकुफ छैनौं । हामी देशमा हुर्किँदै गरेका सन्ततिप्रति चिन्तित छौं । हामी देशको लागि अडिग छौं,’ उनले भने, ‘कहाँ गयो देश भनेर भाष्य बनाउन खोजिएका छन् । हामी ट्र्याकमा ल्याउन खोजिरहेका छौं । हिजो थियो ट्र्याकबाहिर त देश ।’



उनले यसपटक बजेट बन्दा नेपालको बजेट बन्ने पनि बताए । लामिछानेले कुनै निर्वाचन क्षेत्र विशेष नभई समग्र देशलाई बजेट वितरण हुने बताए ।

उनले वर्तमान सरकारले गरेका काम देखेर भाग्नुपर्ने अवस्था नभएको बताए । ‘सरकारले सोचेर, विचार गरेर काम गरिरहेको छ । सरकारले गरेको कामदेखेर क्यामेरा, बुम देखेर भाग्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘हामीले गरेका काम आम जनताको हितमा छ कि छैन भन्ने हेक्का पाउनुपर्छ । नियमितहरू कानुन निर्माण गर्दैजाँदा कतिपयकुराहरूलाई फास्टट्र्याकमा लैजानुपर्ने हुन्छ । देशलाई समाजलाई हेरेर काम गरेका छकि छैन भन्ने हेर्ने हो ।’

उनले पछिल्लो समय आएको अध्यादेशको लाभको कुरा कसैले कतै टिप्पणी गर्न नसकेको पनि बताए । ‘यो देशलाई घाटा हुने कुनै पनि गरेका छैनौं गर्दैनौं’ उनले भने ।