कांग्रेसको क्रियाशील सदस्यता नवीकरण भोलि दिउँसो १२ बजेसम्म

  • प्रकाशित मिति : २०८२ पुष ८, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो १२ बजेसम्मका लागि तोकेको छ। मंसिर मसान्तभित्र काम सक्ने भनिए पनि निर्धारित समयमै प्रक्रिया पूरा हुन नसकेपछि नवीकरणको समय थप गरिएको हो।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि दिउँसो १२ बजे क्रियाशील सदस्यता वितरण प्रणाली ‘लक’ गर्ने निर्णय गरेको छ। समितिका सदस्य प्रकाश रसाइली स्नेहीका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण भने पुस १० गतेसम्म जारी रहनेछ।



नवीकरण र नयाँ वितरणको सम्पूर्ण प्रक्रिया टुंग्याएर पार्टीलाई प्रतिवेदन बुझाइने उनले बताए। नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।