प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जन गर्न गम्भीर परामर्श भइरहेको छ – प्रधानमन्त्री

  • प्रकाशित मिति : २०८२ पुष १०, बिहीबार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताएकी छन् ।

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाईमा कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मूक्त गर्न आवश्यक रहेको बताइन् । ‘शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको हो । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।’



प्रधानमन्त्री कार्कीले ठूलो संरचना र आकारले मात्र गुणस्तरीय र अन्तरराष्ट्रियस्तरको शिक्षा सुनिश्चित नगर्ने बताइन् । प्राध्यापक–विद्यार्थीको सही अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा र उच्च गुणस्तरका अनुसन्धान सामग्री प्रकाशन गर्ने कार्यमा प्राध्यापक, विद्यार्थी तथा व्यवस्थापन सबै पक्ष थप क्रियाशील हुन आवश्यक रहेको उनले बताइन् ।

शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै हामीले केही ठोस पहल थालेका छौं । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको कार्कीको भनाइ छ ।