विवादकै बीच प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठद्वारा पदभार ग्रहण

  • प्रकाशित मिति : २०८२ चैत्र १२, बिहीबार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षका रूपमा पदभार ग्रहण गरेका छन् । बुधबार उनलाई कोषका कर्मचारीसहित सदस्य सचिव डा. नरेश सुवेदीले स्वागत गरेका थिए ।

कोषको संरक्षक प्रधानमन्त्री हुने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रधानमन्त्रीले कोषको अध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ । यही आधारमा १ चैतमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकाल सकिन लाग्दा आफ्नै स्वकीय सचिवलाई पाँच वर्षका लागि नियुक्त थिइन् ।



प्रधानमन्त्री कार्कीको उक्त निर्णयको सर्वत्र आलोचना भएको थियो । तर, निर्णय पुनर्विचार नगरी कार्यान्वयन गरिएको हो । १३ चैतमा बालेन शाहले प्रधानमन्त्रीका रूपमा शपथ लिएसँगै सुशीला कार्कीको पदावधि सकिनेछ । उनी जेन–जी विद्रोहपश्चात् उत्पन्न विशेष परिस्थितिमा नागरिक सरकारको नेतृत्व गर्दै २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

नागरिक सरकारको नेतृत्व गरेकी कार्कीले जेन–जी आन्दोलनको भावनाविपरीत आफ्नै स्वकीयलाई लाभको पद दिलाएको भन्दै आन्दोलनका अगुवाहरूले चर्को विरोध गर्दै आएका थिए ।