गृहमन्त्री सुधन गुरुङले प्रहरीलाई सर्वसाधारणसँग बोली, व्यवहार सुधार्न निर्देशन दिएका छन् ।
सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षणका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रहरीलाई मोडलका रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै उनले रासन सुधारदेखि अनुसन्धानका लागि अत्याधुनिक प्रविधि भित्राउने बताए ।
सो क्रममा उनले प्रहरीको डिजिटल फरेन्सिक ल्याब, अपराध अनुसन्धान विभाग लगायत विभिन्न निकायको अवलोकन गरेका थिए ।