रेशम चौधरी पक्राउ प्रकरणमा संलग्न सर्वोच्चका कर्मचारी दोषी ठहर

  • प्रकाशित मिति : २०८२ चैत्र २३, सोमबार
  • नेपाल टेल संवाददाता

नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संरक्षक रेशम चौधरीलाई पक्राउको पत्र आफूखुशी बनाउने सर्वोच्च अदालतका कर्मचारी महिमान विष्ट दोषी ठहरिएका छन् । शाखा अधिकृत विष्टलाई जिल्ला अदालत,काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले दोषी ठहर गरेको छ ।

विष्टले २०८१ वैशाख १७ गते आफैं मनखुशी पत्र बनाएर चौधरीलाई पक्राउ गर्न प्रहरी परिसर,काठमाडौंमा पत्र पठाएका थिए । चौधरी पक्राउ परेर केही घण्टापछि रिहा भए ।



उनलाई २०७२ भदौको टीकापुर घटनामा अदालतले जन्मकैदको फैसला सुनाएको थियो । २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएपछि डिल्लीबजार कारागारबाट रिहा भएका उनलाई पक्रन विष्टले आफूखुशी पत्र लेखेका थिए ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको उक्त आममाफीको निर्णय उल्टाउँदै अदालतको तर्फबाट पक्राउ पत्र लेखेपछि चौधरीले विष्टविरुद्ध मुद्दा दायर गरेका थिए ।