काठमाडौंको ढलमा कोरोना भाइरस !

  • प्रकाशित मिति : २०७७ असार २०, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। काठमाडौंका मुख्य चार स्थानको ढलको पानीमा गरिएको एक अध्ययनले त्यहाँ कोरोना भाइरस भएको देखाएको छ।

सो अध्ययनमा चार स्थानमध्ये दुई स्थानका ढलको पानीमा कोरोना भाइरस देखिएको हो। सार्स २ इन्भारोमेन्टल सर्भिलेन्सले २ महिनादेखि काठमाडौंमा गरेको अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको हो।



सो अनुसन्धानका मुख्य अनुसन्धानकर्ता डा दिवेश कर्माचार्यले पछिल्लो १४ दिन भित्रको ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययनमा २ स्थानको ढलमा कोरोना भाइरस देखिएको जानकारी दिए।

उनले भने हामीले कम्तिमा १०० घरको शौचालयको ढल एकै स्थानमा जाने मुख्य चार स्थानको ढलको नमुना लिएका थियौँ।

मानिसको दिशामा समेत कोरोना भाइरस रहेकाले त्यो ढलमा देखिएको हो।’

उनले कोरोना भाइरस मानिसको दिशामा भएको र भाइरस समुदाय गइसकेको संकेत अनुसन्धानले दिएको बताए।