चिनियाँ दूतावास अगाडि युवाहरूको प्रदर्शन (फोटो कथा)

  • प्रकाशित मिति : २०७७ असार २३, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि युवाहरूले प्रदर्शन गरेका छन्। नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप स्वीकार्य नहुने भन्दै हातमा नेपालका लागि चिनियाँ राजदूतको फोटो सहितको प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका हुन्।

‘न भारत न चीन, हाम्रो देशको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप हामीलाई स्वीकार्य छैन,’ प्रदर्शनमा पुगेकी एलिजा ढकालले भनिन्, ‘चिनियाँ राजदूतको दौडधुप र भेटघाटको विरोधमा दूतावासअगाडि मौन विरोध प्रदर्शन गर्‍यौं।’



प्रदर्शनमा उत्रिएकाहरूले ‘गो ब्याक चाइना’ लेखेको प्लेकार्ड बोकेका थिए। पछिल्ला दिनमा चिनियाँ राजदूतले सत्तारूढ नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका खबरहरू आइरहेका छन्।

नेकपाभित्र आन्तरिक विवाद भएका बेला राजदूत सक्रिय भएको भन्दै आलोचना भइरहेको छ।

हेर्नुस् तस्बिर –