प्रधानमन्त्री ओलीले दाबी गरेको सक्कली अयोध्या नेपालमै भएको प्रमाण मसँग छः पौडेल

  • प्रकाशित मिति : २०७७ असार ३०, मंगलवार
  • nepaltale.com

काठमाडौँ । लेखक लोकमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेको सक्कली अयोध्या नेपालमै भएको प्रमाण आफूसँग रहेको उल्लेख गरेका छन्।

समाजिक सञ्जाल ट्वीटर मार्फत पौडेलले प्रधानमन्त्री ओलीको दाबी सत्य रहेको प्रमाण आफूसँग रहेको बताएका हुन। एउटा अध्ययनले अयोध्यापुरी नेपाल मै रहेको बताएको भन्दै पौडेलले चितवनको माडी अयोध्यापुरीका नामले चिनिने पनि उल्लेख गरेका छन्।

उनले ट्वीटमा लेखेका छन्, एउटा अध्ययनले के देखाएको छ भने अयोध्यापुरी नेपाल मै थियो । चितवनको माडी अयोध्यापुरीका नामले जानिन्छ । अहिले भारतीयहरु नक्कली लुम्बिनी भारतमा बनाएर बुद्ध भारतमा जन्मेका हुन् भने झैं सयौँ वर्ष अघि रामायणको अयोध्या भारतमा देखाएर त्यसको श्रेय लुट्ने प्रयास गरेका थिए।

उनले थप लेखेका छन्, सक्कली अयोध्या नेपाल मै भन्दा कतिले प्रम ओलीलाई उडाइरहेका होलान्। तर म भने आभारी भएको छु। मैले यो कुरा विगत दुई वर्षदेखि भन्दै आएको हूँ, फेसबुक, ट्विटर र पत्रिकामा। कतिले मन पराउनु भएको थियो र कति ले नबुझेर उडाउनु भएको थियो। यसलाई सही सिद्ध गर्ने म सँग यथेष्ट प्रमाणहरू छन्।