काठमाडौं । काठमाडौँमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना स्रक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
प्रवक्ता डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो।