काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका-४, सिर्जनशील टोलमा युवतीलाई तेजाब छ्याप्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब (एसिड) छ्यापेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै प्रहरीले पक्राउ गरेको हो।
उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।
युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएकाे रिसमा एसिड छ्यापेकाे उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन्।
बिहीबार राति पौने ९ बजेतिर युवतीलाई तेजाब छ्यापेर उनीहरूले काेठातर्फ भागेका थिए। तेजाब मुन्नाले छ्यापेका थिए। मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए।