काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।
प्रहरी अस्पतालमा गरिएको परीक्षणका क्रममा ४ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमण देखिएका चारै जना प्रहरी प्रधान कार्यालयअन्तर्गत सवावरी शाखामा कार्यरत कर्मचारीहरु हुन् ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण देखिए पछि थप पुष्टिका नमूना संकलन गरी लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकु पठाइएको बताए ।
प्रहरी प्रधान कार्यालयका ४ जना कर्मचारीमा कोरोना देखिएपछि अहिले कन्ट्याक्ट ट्रेसिङ गरी अन्य व्यक्तिको पनि नमूना संकलन गर्न थालिएको प्रहरीले जानकारी दिएको छ ।