पाँचथर सदरमुकामबाट जुवा खेलिरहेका २३ पक्राउ, प्रहरीलाई मुद्धा नचलाउन दबाव

  • प्रकाशित मिति : २०७७ श्रावण १२, सोमबार
  • नेपाल टेल संवाददाता

पाँचथर। पाँचथर प्रहरीले जुवा खेलिरहेको अवस्थामा सदरमुकाम फिदिमबाट २३ जनालाई पक्राउ गरेको छ ।

फिदिम बजारको मध्य भागमा पर्ने एक घरबाट आइतवार राती यत्तिको संख्यामा जुवा खेलिरहेका मानिस पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



पक्राउ पर्ने हरुमा यहाँ स्थित अस्पताल सञ्चालक, व्यवसायी, राजनैतिक कार्यकर्ता, कर्मचारीसम्म रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरिक्षक) रोहनराज अर्यालले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुका साथबाट २ लाख ५० हजार रुपैंया नगद सहित जुवाका कौडा र जुवामै प्रयोग हुने सामग्री बरामद गरिएको पनि प्रहरीले जनाएको छ । यद्धपी पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

अधिकांश ठुला दल समर्थक रहेकाले बिहानैदेखि प्रहरीलाई मुद्धा नचलाउन दबाव शुरु भएको पनि बताइएको छ ।