काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौंमा उपत्यकामा ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

डा गौतमका अनुसार भक्तपुरमा २ जना, ललितपुरमा २ जना र काठमाडौंमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालमा अहिलेसम्म १९ हजार ५ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका अनुसार पछिल्लो २४ घन्टामा २२७ जना डिस्चार्ज भए । आजसम्म १४ हजार २ सय ४८ जना कोरोना संक्रमणबाट निको भएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: