काठमाडौं । सरकारले काठमाडौं उपत्यका र घना वस्ती भएका ठाउँहरूमा ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यी उमेर समूहका व्यक्ति संक्रमणको जोखिमा रहेको इंगित गर्दै घरबाट बाहिर ननिस्कन आग्रह गरेका हुन्।

प्रवक्ता गौतमले कोरोना संक्रमितको संख्या बढिरिहेपनि निको हुने दर पनि राम्रो भएको बताए । उनले निको हुने दर ७२ प्रतिशत रहेको जानकारी दिएका छन् ।

कोरोना संक्रमण हुँदैमा नडराउन तर सावधानी अपनाउन उनले आग्रह गरे । ८० प्रतिशत संक्रमितहरु कुनै समस्या बिना नै निको भएको प्रवक्ता गौतमको भनाइ छ ।

मन्त्रालयले आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न पुन निर्देशन दिएको छ ।

कोरोनाभाइरसको संक्रमण रहेरनरहेको पत्ता लगाउनका लागि गरिने आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश र स्थानीय तह तथा अस्पतालहरुलाई मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: