काठमाडौंमा आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ श्रावण १९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं भक्तपुर र ललितपुरमा गरि ५१ जनामा संक्रमण पुष्टि भएको हो ।



उनका अनुसार काठमाडौंमा ४३ जना भक्तपुरमा ५ जना तथा ललितपुरमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएका उनले जानकारी दिए ।