टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा काठमाडौंकाे मनमैजुमा शव भेटियो

  • प्रकाशित मिति : २०७७ श्रावण २५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौंको मनमैंजुमा एउटा शंकास्पद शव भेटिएको छ । गोंगबु चोकबाट मनमैजु गणेशथान जाने बाटोको देब्रेपट्टी शव भेटिएको महानगरिय प्रहरीले जनाएको छ ।

टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा शव भेटिएको हो । घटनाको अनुसन्धान गर्न उपत्यकाको अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुगेको छ ।