काठमाडौं उपत्यकामा आज थपिए १३२ जना कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ श्रावण २७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १३२ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं भक्तपुर ललितपुरका १ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।



डा गौतमका अनुसार आज काठमाडौंमा १ सय १० जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा १४ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यो एकै दिनमा काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित संख्या हो ।

पछिल्लो २४ घन्टामा नेपालमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।