लायन्स कलब र सुशिल कोईराला सोसीयलीष्ट यूथ सर्कलको संयूक्त आयोजनामा स्वास्थ्य सामाग्री वितरण

  • प्रकाशित मिति : २०७७ श्रावण २९, बिहीबार
  • nepaltale.com

पोखरा। लायन्स कलब अफ लेखनाथ सुनगाभा र सुशिल कोईराला सोसीयलीष्ट यूथ सर्कलको संयूक्त आयोजनामा विध्यार्थी शिक्षक र अविभावकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

पोखरा लेखनाथ रुपा गाउँपालीका वडा नं १ मा रहेको कालीका माध्यमिक विध्यालयमा विहिबार स्वास्थ्य सामाग्री वितरण गरिएको हो । विश्व भरी फैलिएको कोरोना संक्रमण बाट बाँच्न आफुहरुले स्वस्थ्य सामाग्री वितरण गरेको लायन्स क्लव अफ लेखनाथकी अध्यक्ष गरी माया गुरुङ बताईन् साथै सबैलाइै सुरक्षित भएर बस्न अनुरोध समेत गरिन् यस्तै सुशिल कोईराला सोसीयलीष्ट यूथ सर्कलका अध्यक्ष प्रभात न्यौपानेले सरकारले यस्तो विषम परिस्थीतिमा पनि जनताले अनुभूति गर्ने गरी काम गर्न नसकेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष प्रकट खनाले कोरोना संक्रमण बाट बाँच्न हामी सबै सचेत र सजग हुनुपर्ने बताए । कार्यक्रम लायन्स क्लब अफ सुनुमामाका सचिव कमला गरुङले सञ्चालन गरेकी थिईन् ।