न्यूरोड-विशालबजार क्षेत्रका पसलहरु भदौ ७ गतेसम्म बन्द

  • प्रकाशित मिति : २०७७ श्रावण ३०, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ ।

व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो ।



शुक्रबारबाट लागु हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ ।

वडा कार्यालयले विज्ञप्ती जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण गर्नु आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।