पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख कोरोना संक्रमित थपिए, ६ हजार बढीको मृत्यु

  • प्रकाशित मिति : २०७७ कार्तिक १, शनिबार
  • nepaltale.com

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट पछिल्लो २४ घण्टामा विश्वभरका ४ लाख १२ हजार बढी संक्रमित भएका छन् ।

वोर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर थप ६ हजार १ सय ८५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

विश्वभर हालसम्म ३ करोड ९५ लाख ६५ हजार बढी मासिन कोरोना भाइरसबाट संक्रमित बनेका छन् । यस्तै, ११ लाख ८ हजार ६ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा थप ७१ हजार ६ सय ८७ जनामा संक्रमण भेटिएको छ । यस्तै, थप ९ सय २८ जनाको मृत्यु भएको वोर्ल्डो मिटरले आफ्नो तथ्याङ्कमा उल्लेख गरेको छ ।

अमेरिकामा हालसम्म संक्रमितको संख्या ८२ लाख ८८ हजार बढी पुगेको छ भने मृत्यु हुनेको संख्या २ लाख २३ हजार नाघेको छ ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित दक्षिण एसियाली मुलुक भारतमा पछिल्लो २४ घण्टामा ६५ हजार १ सय बढी संक्रमित थपिएका छन् । भारतमा हालसम्म ७४ लाख ३० हजार ६ सय बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा थप ८ सय ८६ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ लाख १३ हजार नाघेको छ ।

भारतपछि ब्राजिलमा संक्रमितको संख्या ५२ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।

यस्तै, रुसमा कोरोना संक्रमितको संख्या १३ लाख ६९ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २३ हजार ७ सय नाघेको छ ।