पुराना याद , ती तिता मिठा क्षणलाई स्मरण गर्दै भाभुक हुदै जमर

  • प्रकाशित मिति : 2021-02-04
  • -भवेश जमर

काठमाडौँ । जिन्दगीको किताबको पानाहरु पल्टाउदै थिय म । आज अचानक बालपन देखिको यादले झाल्कैरयो। रात काट्न सकिन , निन्द्रा आए जस्तो भयो। तर आखा चिम्लिन सकिन । बिगतका ती पल् , याद, भावना , तिता-मिठा यादले घेरिरहेको थियो । रात लम्बिदै गयो , आखा रसाय , मन डरायो । भाभुक भए, भकानो फुटेर आयो । पुराना कुराको याद आको होला भनेर मनलाई शान्त बनाउनु खोजे। त्यसपछि झन् मेरो मन डरायो । त्यो यादलाई त् किन भुल्दैछस , त्यो क्षणलाई याद गर भनि मनले दिमागलाई झाल्कैरहायो ? यतिकैमा मध्ये रात भयो, शरीर पसिनाले भिजेको थियो। न यो गर्मीको महिना हो ?मेरो शरीरलाई चिसो भएको थियो, तर ,मनमा निके तापक्राम बाहेकको थियो ।

यस्ता प्रश्नले मेरो मस्तिष्कमा, मनलाई झन ग्रसित बनायो । म आफै मनलाई सम्झाउन खोज्छु, तर मनले उल्टै कसैलाई बिर्सिदैछस भनि गालि गरिरहयो । शरीर पसिनाले बिजिसकेको थियो । मन पुरा डराएको थियो : बिस्तारै बाल्य अवस्थाको त्यो पुरानो पानामा मनले मस्तिष्कमा डोरायो अनि सम्झे , अनि म आफै त्यो झसङ्ग भए । त्यो रेस्लिंग कार्ड, त्यो गुच्छा, तो चुंगी, त्यो क्रिकेट, डण्डीबियो , त्यो मोजाले बनाएको भकुण्डो , भाले झुदाई आदि , खेल खेलेको क्षण सम्झदै मन रामायो । त्यस[पछी ती साथि, त्यो सहयात्रा गर्ने बाचा गर्ने को कहाँ पुग्यो भनेर मन डरायो । कति मनलाई स्थिर बनाउनु खोजे । अन्तिममा म हारे ।



कहाँ जाउ,के गरौ, के लाऊ, के खाऊ, यस्ता प्रश्नहरु मन मा उब्जन थाले

झन् बेसी सवालहरुको जवाफले मन उत्रियो । कक्षा कोठामा कागज पोको पारेर त्यो कक्षाको भित्तामा हालेको पल्, होमवर्क नगर्दा उठबस गरेको त्यो क्षण, भाले बनेर बसेको पल् , साथि साथि बीच झापड हान भनेर शिक्षकले दिएको त्यो आदेश । सायद कक्षा ८ मा पद्ठे होला- फुल फुलाउन राकेको गमला फुटाएर टुक्रा टुक्रा पारि छरप्रस्ट पारेको अनि उल्टै साथीलाई दोष लाएर गुरुले पिटेर , साथि रूहाएको त्यो पल् । एक दिनको कुरा हो। गणित पढाउने शिक्षकले भाटाले हानेर हात काटेर रुएको त्यो पल् । यी पलहरु सम्झनामै सिमित रहन पुगे । बिद्यालय हुदा भेटेका सहपाठी । उनीहरु संग एक अर्काबीच मद्दत गरेको क्षण , त्यो सम्झना मै रहन पुग्यो । कहिले भुल्न सक्छु र खै ?

भुल्ने ले भुल्लान तर म भुल्न सक्दिन भन्दै मन डरायो आखा रसायो ?

रात कटी सक्न लागेको थियो बिहान पख भै सकेको थिओ । बिद्यालयबाट साथि साथि बीच खुट्टा तानेर पाइन्टको झांग फाट्यो भनि प्रिन्सिपललाई छुट्टी मागेर घर गएको पल् । आमाले माया र दुखः गरेर हाल्देको खाजा चोरेर साथीले खाएको त्यो पल् । पिसाब फेरेर आउदा प्यान्टको चेनले सु गर्ने च्यापेर हुरुक्क भएको त्यो पल् । स्कुलको व्यान बाट उत्रेर आमालाई भेट्छु भनेर दगुर्दा गाड ले हान्नु लाग्दा पालेदाईले बचाएको त्यो पल् , सम्झिदा अहिले हासो लाग्छ, तर यहि बास्तबिक घटना हो ।

धेरै थरि मान्छे हरु बिच मेरो सहयात्रा भयो , धेरै संग भेटने संयोग भयो , गफ भयो कुरा भए , गन्तब्यको मार्ग देखाउने अग्रज संग ठक्कर हुन् पुगिन कि ? साचै , हामि भन्ने गर्छौ बुबाले कै गर्नु भएको छैन हाम्रो लागि । आज आएर मैल बुझे ।

पैसा नभएको बेला प्रिन्सिपललाई हात जोडी एडमिट कार्ड दिलाएर परीक्षा हल सम्म पुर्याउनु भयो । उ मेरो साथि हो चिनजान गर भनि नमस्ते गर्न लाउनु भयो । मन परेको कुरा किनेर ल्याइदिनु भयो , एक दुइ झापड हान्नु भयो होला तर गन्तब्य तिर हिड्ने आदर्शमुखी बन्न सक्क्ष्म हुनुभयो । बुबाको सपना अनि आमाको भबिसयमा के बन्छ , कतै बिग्रिएर जादैन भन्दै डराएर बसेका माता पिताको माया मोहलाई त्यागि केहि बन्छु, केहि गर्छु भनि काठमाण्डौ टेकेको छु । अवश्य सफलता मा पुग्नेछु । आमा बुबा , परिवार गुरुजनको आशिष छ अवश्य पुग्छु भनि मनलाई सम्झाए । फेरि मनभित्र केहि कुरा आउछ कै गरिस भने सफल मानिस भै महलमा बस्छस , नत्र उही सडकमा हो बन्दै भाबुक बनानायो ।

जिन्दगिमा परिवारलाई छाडेर आएको बिछोड कसले बुझ्न सक्छ र खै ? कुरा काट्ने हरुले काटी रहेको छन् । समय चलिरहेछ, न रोक्न सक्छु , न अग्रसर हुन् सक्याछु,तर धैर्य धारण गर्या छु अवश्य पुग्ने छु । म यति लेख्न चाहन्छु कि बुवा आमाको आखामा आशु ल्याउने सन्तति कहिले नहुनु । बाल्यकाल देखि पडाइ आउने गुरुलाई मान सम्मान , स्नेह सत्कार गर्नु। संसारमा गुरु अनि माता पिता भन्दा ठुलो को छ र ? मनलाई स्थिर बनाउनु अगाडी बढ्नु , कसैको भर नपर्नु । आफ्नो जिबन हो आफै लेख्नु । न भाबि ले लेखिदिन्छ , न गुरुले न आमा बुवाले ! आफै लेख्न पर्छ ।
माया ममता आफ्नो ठाउमा छ , काधमा आएको त्यो बोधलाई स्मरण गरि आगाडी बढ्नु होस् अनि कामयाब भै आफ्नो नाम रोसन गर्नु होस् । बिद्यालय कलेजमा भेट भएका शिक्षकलाई बिर्सिन्छु कि भनि मन डराएको थियो तर म त वहाहारुलाई बिर्सिन सक्दिन भनि मन भाबुक भयो, मन रोयो । आखा भरि आसु, मनभरी सम्झना काधमा जिम्मेवारी बोकी केहि गर्छु भनि अगाडी बढ्न लागिरहेको छु पक्कै पुग्ने छु । भनिन्छ, प्रतिक्षाको फल मिठो हुन्छ्। यहि देशको माटो, यहि देशको हावा, यहि पानि, यहि वातावरणमा केहि गर्छु भनि जिबनको दोश्रो अध्यायको सुरुवात गर्न लागिरहेको छु ।