जब गल्त विचार मनभित्र प्रवेश गर्नेछ ,
मायाको भाबमा दुर्गन्ध झल्किन्छ ।
तब परेवाको जोडी जस्तै स्नेह गर्ने पात्र पनि एकदिन ,
कुकुर र बिरालो जस्तै एक अर्का बिच कोलाहल गरिरहनछन्।
माया अन्धो छ भन्ने ब्रह्मम सबैमा छ ,
बस पानी पर्दा आकशमा कालो बादल छाय जस्तै हो ।।
मेरो जीवन एक अंशको सुरुवात यसरी भएको छ। कहाँ बाट सुरुवात गरौ भनी मेरो मन आतुर भैरहेको छ। म पनि एक बेला कोइसग असाधै माया गर्थे। उसको र मेरो भेट सामाजिक संजाल फेस्बुकबाट भएको थियो। कहिले, त्यो भेट मायामा परिवर्तन भएछ मैले पत्तै पाउनु सकिन।
उनी र म बिचको माया अगाडि बढीरहेथियोे । त्यति बेला मेरो र उनको माया बिच एउटा कालो बादलले हामी बीचको सबै माया छेकेको पत्तै भएन । यो दौडान मा मैले खाएको चोट को केहि बिश्लेशण गर्न चाहान्न। यी हरफ हरु उनी र मेरो माया को बारेमा रचना गर्न पुगेछु पत्तै भएन :
“को हौ तिमी, कहाँ बाट आयौ?
खै किन अयौ, उत्तर तिमीमा छ ?
सवल मैले गर्य छु , उत्तर माग्ने हक त म मा छ है?
अहिले म जिवन न मरन मा छु?
शब्द मा मात्रै नभै मेरो मन मस्तिष्कमा,
सिमित रहने वाचा कहाँ गयो पत्तै भएन ?
दिन रात आँसु को जीवन जिराएको छु,
सारै नमज्जा लागि रहेकोे छ ?
दुख लाग्छ , ति कुरा को इस्मरण गर्दा?
आशु आउने गर्छ , खै किन आएको ?
उत्तर तिमी मा छ होला है पक्कै?
किन भने माया गर्या मान्छे को लागि,
सथैब आँसु आउने गर्ने रहेछ प्रिय मान्छे ?
म तिमी कोइ गलत छैनौ ,
त्यो छाहारो लाउने ब्यक्ती गलत रहेछ ?
तर आफै मनमा के के कुरा उब्झिएर बिछोड हुन पुगियो पत्तै भएन है?”
मेरो प्रिय मान्छे हिजो जस्तो लाग्छ म र तिमी बिच रात भरी कुराकानी भएको दिन। हिजो जस्तो लाग्छ कुरा गर्दा रात कटेको पत्तै नभएको अविस्मरणिय समय।
हिजो जस्तो लाग्छ उनि सग को भेट, अनि
उनि प्रति आकर्षण भएको मेरो मुटु , मेरो आँखा ,मेरो शरीर । हिजो जस्तो लाग्छ उनि र म घुम्न गएको ठाँउ । हिजो जस्तो लाग्छ उनीलाई भनि खाने कुरा लगेको दिन । हिजो जस्तो लाग्छ उनी हास्दा या उनि रमाउदा संसार जिते जस्तो , सारा खुसी पाए जस्तो भएको पल।
हिजो जस्तो लाग्छ उनि रुदा मेरो मन डराएको अनि मेरो मन आतुर भएको पल कतै हामि बिच माया टाढा हुने त हैन भनेर ?हिजो जस्तो लाग्छ उसको काखमा सुत्दा बिस्व आनन्द महसुस भएको पल ।हिजो जस्तो लाग्छ हात समातेर हिनेको समय। तर हिजो गरेको सब पल आज आशु मा परिवर्तन भएछ पत्तै भएन मलाई। अनि माया गर्ने मान्छेलाई येस्तो प्रश्न लेख्न पुगेछु पत्तै भएन :
“के हो माया, कहाँ छ माया ?
के मा छ माया, कसरी भयो हामी दुईबिच माया?
सायद पक्कै तिम्रो मनमा होला , मस्तिष्कमा छ माया?
तिम्रो खुशी मा छ माया ,तिम्रो दुख मा छ माया?
तर तिमी बिना माया सम्भब छैन रछ ?
कहाँ छौ तिमि ,सायद मेरो मन मा?
तर म देख्दिन, किन?
तिम्रो खुसी देखिरहेको हुन्छु , तर तिमीलाइ देख्दिन किन ?
किन म येस्तो पागल भएको ,पक्कै मायाले होला प्रिय मान्छे ?”
अनि त्यो माया आमालाइ गर्ने र उनि लाई गर्ने किन फरक भयो भन्ने प्रश्न मनमा उभ्जियो। अनि सम्झे मलाई जन्म दिने त मेरि आमा हुन भनेर। त्यतिकै झसङ भए अनि फेरि सोचे सारा कुरा उनलाई सुनाउने गर्थे । अब भन्नूहोस यी दुई पात्र कै माया आ-आफ्नो ठाँउमा सत्य रहेछ । प्रेमिका छहदा सबै मेरो कुरा खुलेर भन्न सक्थे , तर आमालाइ सक्या छैन, किन? अनि बिस्तारै मन हलुका पार्छु भनी लेख लेखे। गजल , साहित्य, कथा, कविता, आदि पढ्नु थाले। अनि उनी बिचको बिछोड हुदा कोइ सग मलम होला भन्ने प्रश्न मनमा उभ्जियो अनि केही वाक्य लेख्नु विवश भएक :
“न कुनै मलम छ ,न कुनै औषधि छ ?
न कुनै यसको उपचार छ ,न कुनै यसलाई निको पार्ने बुटी छ ?
न बैध सग छ ,न डाक्टर सग छ,न धामी सग छ ?
न धनि सग छ,न गरिब सग ?
न भगवान सग छ,न मानब सग छ?
न दानाब सग छ,न यमराज सग छ ?
न मित्र सग छ, न शत्रु सग छ ?
न परिवार सग छ, न छिमेकि सग छ ?
न आफन्त सग छ , न भाइचारा सग छ ?”
को सग छ पत्तै लाउनु सक्या छुइन भन्दै मन बिबस हुन पुग्यो, आँखा पुरै रशिलो भयो । हुन नि हाम्रो मन कस्तो है। केही कुरा सहन सक्दैन। जे भएनि आँसु आइ हाल्नु पर्ने। कस्तो आत्तिने गर्छ यो मन। पुरानो याद झल्काउने काम गर्न खोज्छ ।तिम्रो मिठो आवज , अनि तिम्रो मुस्कानमा डुब्नू मन छ । समयले कोल्टे फेर्ला हामी फेर्दिनम भन्ने बाचा कहाँ गयो है भन्दै सोच्दा ६ महिना बितेको पत्तै भएन । अनि पुन : मिलन हुन पुगेकोमा खुशी भएर केहि लेखिरहेको छु :
“तिमि प्रती को माया शब्दमा वरण हुन्न है?
मुटुमा छ है , मस्तिष्कमा छ है?
दिमाग भरि तिमी सग घुमेको पल हरु छ है?
अ- साच्चै, तिमी र म झगडा गर्दा रुएको पल नि याद छ है?
झगडा पर्दा सानू भनी फकाएको पल नि याद छ है?
अनि तिम्रो माया त सधैब छ है मन मा?
बस अलि अलि रिस होला है?
तर त्यो रिसलाइ पनि माया ले जित्नु सक्छु है?
धेरै धेरै माया छ है, मिठो सम्झना छ है?
हासेको पल नि छ है ,आँसु आएको पल नि छ है?
तिम्रो बरण गर्दा मेरो शब्दहरु नि फिको छ है प्यारो मान्छे ? ”
प्रतीक्षाको फल को स्वाद अर्कै हुदो रहेछ। अर्कै भाब, अर्कै खुसी, अर्कै हर्ष , अर्कै विचार, अर्कै सोच ,अर्कै उमङग , आदि हुदो रहेछ ।आफुले माया गर्या मान्छे फेरि पाउँदा अर्कै उमङ को भाब मन मा आउँदो रहेछ है । जीवन को जक्र चलिरहदा धेरै बिच भेट हुन्छ ,गुफ हुन्छ । तर, तिमी सग भएको भेट को के बरण गरौ है, मेरो शब्द फिको छ । अरुको कुरा सुन्नु हुन्न भन्ने पाठ सिके। प्रेमी प्रेमिका बिच नकारात्मक सोचलाई हटाएर सकारात्मक सोच्को बिकास गर्यो भने सधैब ढुकुरको जोडी जस्तै माया अटल भैरहन्छ।अनि आफुले चोखो माया गर्या छ भने फेरि मिलन हुन सकिदो रहेछ भन्ने कुरा म र उनिले अनुबोद गर्न सफल रहेकोमा म आफु स्वयम् सक्ष्यम रहेछु भन्ने बिश्वासले म भित्र अर्कै उर्जा बिकासित भएको छ ।अरुले हटाउनु खोज्दा नि सक्दैन रहेछ भन्ने कुरामा म चै अडिक रहेछु भन्ने भाव आएको पत्तै भएको रहेनछ ,भर्खर थाहा पाइरहेछु ।