यो फेब्रुअरी …… अनि यो पर्व पर्या बेला बाहिर के निस्केको थिए धुलोका कणहरुले भन्दा पहिले तिम्रा याद्हरुले भिजाई दियो।
जिन्दगीको सफर
गन्तव्य बिहिन यात्रा
दोपलका सहयात्रि
मिलन बिछोड भागदौड
त्यो भन्दा महत्त्वपूर्ण कुरा
याद……
उनलाई देख्ने तर नदेखे जस्तो गर्नुपर्ने,बाटामा जम्काभेट भए बाटो अन्तै मोड्नु पर्ने,मनभरि पिरति सजाई के हो पिरति भन्नुपर्ने, साथिसङ्गिले कुरा काट्लान् भन्दै तर्कितर्कि हिड्नुपर्ने यो प्रेम होकि रोग जहाँ प्रिति कम अनि भागदौड ज्यादा,म उनलाई प्रेम गर्छु उनी गरेजस्तो मात्रै गर्छिन्! यहाँ तिमि अगी अगी अनि म तिम्रो पछी पछी , दिल चोरि भो !
जिन्दगी पनि झुप्पा बाट खसेको अंगुरको दाना जस्तै भयो.. यो भागदौड वाला दुनियामा,कुन बेला कस्ले कुल्चेर खतम गर्दिने हो, सम्हालिएर हिड्नै गाह्रो!
उज्यालो हुनु,फेरि सपना देख्नु,सपना पूरा गर्नलाई उहीँ भागदौड गर्नु सब जिन्दगीको पाटो न हो …गर्दिन भने पनि हुन्छ चाहदिन भने हुन्छ र भइराख्छ सधै सधै ! यो जिन्दगीको भागदौड पनि अचम्मको छ ।
जीन्दगीको भागदौडमा सधै असल मान्छे नै ठोकिन्छ भन्नी छैन। कहिलेकहीं खराब मान्छे नि ठोकिन्छ जसले गर्दा भौमानले यस धर्तीमा खराब मान्छे नि छन् है जोगिएर भागदौड गर भन्या हुन् झै लाग्नी रहेछ। जिन्दगीमा गरिने दु:ख या संघर्ष आफ्नो आफ्नो लागि होईन रहेछ , जिन्दगीको भागदौड र तछाडमछाड केवल सन्ततिका लागी रहेछ ……
आफ्ना लागि बाच्नु कहाँ सजिलो छ र ? जिन्दगीको प्रतिस्पर्धामा जत्तिनै ज्यान लगाएर दगुरे पनि आखिर अन्तिममा उपाहार मिल्ने भनेको तेइ “मृत्यु” न हो आखिर केको लागि हो यो सब भागदौड?
उ एक पुरुष ..!
कसैले सोधेन उस्को मन भित्रका ब्यथा ,
कसैले सोधेन बन्द ओठ भित्र क्षणिक निस्किने हासोका कथा ,
कसैले हात दिई उठाएन जिन्दगीका संघर्षबिच
भागदौड गर्दा लडेको शरीर लाई !
तर …
भिडभाड चोक बिच
जब एक सुन्दरीको कान बाट झुम्का खस्यो , सारा दुनियाँ
झुम्का टिप्न निहुरियो !
पुरै जिन्दगी भागदौड गरेको उपहार पनि कस्तो गज्जबको छ…
हाम्रो समाजमा आम युवाहरुको निम्ति अहिले पनि प्रेम संघर्षकै विषय हो । किनभने ”बिहे त उनीहरुले रोजेकैसँग गरुन्” भनेर बाहिर-बाहिर ठीक कुरा गर्ने अभिभावक पनि जब आफ्नै छोराछोरीले जात, धर्म, आर्थिक हैसियत या भूगोल नमिल्नेसँग प्रेम गरेको थाहा पाउँछन् तब लफडाबाजी शुरु गर्छन् । त्यसैले प्रेम गर्नेहरु संघर्षका लागि पनि तयार हुनु । नत्र लास्टाँ उही हो, ग्वाँ-ग्वाँ….
अनुहार झुऋएको, आफन्त सँग टाढिएको… धत जीवन जिउन अन्धकारसङ्ग परिचित हुनुपर्छ सपना सजाउन छाड्नु पनि हुदैन मनमा बिश्वासको दियो जलाउनु पनि आवश्यक छ। सिमलको भुवा सरि उडेको मनलाई सम्हाल्दै गन्तव्य पछ्याउनु आवश्यक छ। जिउन सम्झौता गर्दै अगाडि बढ्नु आवश्यक छ।आफन्तको साथले मात्रै सपना र लक्ष्य पूरा हुदैन भागदौड पनि आवस्यक छ।
आज मान्छेहरू दैनिकी नया मित्र बनाउन भागदौड गर्दैमा जादैछ तर बिडम्बना कसैलाइ फुर्सद छैन पूराना मित्रहरूलाइ र उनिहरूसग बिताएका यादहरू एकपटक सम्झिन ।
आसपास काेहि थिएनन्
तर,,
आखामा सपना
मनमा विश्वास
ओठमा मुस्कान
भरीपूर्ण थियाे
त्यसैले
अरुले जितेर
अगाडि गएपनि
हराउँन सकेनन्
र यसरी नै
याे यात्रा
चलिरहेछ,,
चलिरहनेछ………