काठमाडौं, चैत्र ७। गिरिजा प्रसाद कोइराला भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.स. १९८१ असार १८ मा जन्मेका हुन्। गिरिजा प्रसाद कृष्ण प्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोरा हुन् । उनको जन्म हुँदा उनका बुबा-आमा निर्वासित जीवन विताइरहेका थिए।
गर्भमा रहेका बेला कोइरालाका माता-पिता गिरिजादेवीको मन्दिर जान्थे । सन्तान जे जन्मिए पनि गिरिजाप्रसाद वा गिरिजादेवी राख्ने सल्लाहअनुसार उनको नाम गिरिजाप्रसाद राखिएको थियो ।
उनका दुई दाजुहरू वि.पी. कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए। सन् १९२९ मा परिवारसँगै नेपाल फर्केका गिरिजाले सुष्मा कोइरालासित विवाह गरे।
सुजाता कोइराला गिरिजा प्रसादकी छोरी हुन्। उनले भारतको दिल्ली विश्वविद्यालय अन्तरगतको किरोरी मल कलेजमा अध्ययन गरेका थिए। एउटा निर्भिक र दृढनिश्वयी राजनेताको रूपमा उनको योगदान नेपाली ईतिहासमा जीवन्त रहनेछ।
उनले भारतमा अङ्ग्रेज धपाउने आन्दोलनलाई नजिकबाट हेर्ने अवसर पाएका थिए । २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरे, जुन पछि नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा चिनिन थाल्यो। २००८ सालमा गिरिजा प्रसाद कोइराला नेपाली कांग्रेस मोरङ जिल्लाको सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई उनलाई गिरफ्तार गरी कैद नगरुन्जेल सम्म सो कार्यभार सम्हालिरहे। १९६७ मा उनको रिहाइ पछि गिरिजा प्रसाद कोइराला पार्टीका कार्यकर्ताहरू र नेताहरूसँग भारततिर निर्वासित भए र २०३५ सालमा नेपाल फर्किए। गिरिजा प्रसाद कोइराला २०३१ साल देखि २०४७ साल सम्म नेपाली काङ्ग्रेस पार्टीको महासचिव भए। गिरिजा प्रसाद कोइरालाको २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए, जुन आन्दोलनले पञ्चायती व्यवस्थालाई हटाएर देशमा बहुदलीय व्यवस्थाको स्थापना गरायो । उनलाई एक निर्भीक र निडर नेताका रूपमा लिने गरिन्छ।
२०४६ सालको जनआन्दोलन पश्चात नेपालको पहिलो बहुदलीय लोकतान्त्रिक निर्वाचनमा उहाँ मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ५ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भए।
पहिलो पटक यस निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि सभा (संसदको तल्लो सदनमा) २०५ सिट मध्ये ११० सिटको बहुमत प्राप्त गरी बिजयी भएको थियो। यो बिजय पछि उनी नेपाली काङ्ग्रेस पार्टी संसदीय दलका नेता तथा स्व. राजा बिरेन्द्रद्वारा प्रधानमन्त्री नियुक्त भए।
सूर्य बहादुर थापा गठबन्धन सरकारको बिगठन पश्चात्त कोइरालाले दोस्रो पटक प्रधान मन्त्री सम्हाले ।
२०५७ सालमा आफ्नै पार्टीका असन्तुष्ट पक्षको अविस्वासको प्रस्ताबका कारण प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको राजिनामा पशचात गिरिजा प्रसाद कोइराला तेस्रो पटक प्रधानमन्त्री भए।
२०६३ बैशाख ११को लोकतान्त्रिक आन्दोलन पछि प्रतिनिधि सभाको पुनर्बहाली पछि सात दलका नेताहरूद्वारा गिरिजा प्रसाद कोइराला पुन चौथो नेपालका प्रधानमन्त्री बनाईए।
गिरिजा प्रसाद कोइरालाको निधन मिति २०६६ चैत्र ७ गते शनिबार ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो। उनको दाहासंस्कार चैत्र ८ गते आर्यघाटमा हिन्दू परम्परा अनुसार गरियो।