यो उज्यालोमा लेख्ने कि नलेख्ने ? ती अँध्यारो समयका कुराहरु जसले कट्क्कै उसको मन खाएका थिए ………….
सबैले लेख्छन
धेरैले पठाउछन्
एकदम थोरैले
सफलता भेट्छन
यो जिन्दगि
र
पहिलो प्रेम पत्र
उस्तै-उस्तै
जब देखि तिमि सगं नजर जुध्यो नि हो त्यहाँ बाट उ साँच्चै बिरामि भएको छ । खै किन यहि बिरामी प्रहरनै उसलाई एकदम प्रिय लाग्छ अनि बिराम निको पार्ने गोलि बस्ने कुनामा तिमीलाई सजाएको छ उसले । अब तिमिले उसको यो गोलि बस्ने कुना सम्हाल्ने बेला भएको छ ।
उसको यो बिरामी आँगनमा लालाबाला हास्न लागेका छन् , अनि यो उसको कस्तो रहर उ माथि अर्को बिराम थपिएको छ । सबै तिर खुसियाली अनि हराभरा हुदा हुदै पनि उसको मनको बगरमा खडेरी परेको छ । थाहा छ चाहे घुर्की होस् या झगडा उसलाई तिम्रो करकर मिठो लाग्छ त्यहि भएर त् उ बिरामि भएको छ ।
“आफु गुज्रेर आएको बाटोले यादको पत्र मन्जुषामा सुटुक्क खसाउदो रहेछ पुरानो तस्बिर जस्तै केहि जो आँख-आँखै बोल्न खोज्दो रहेछ ।”
हातमा बोकेर दियो , बाती , तेल यो साँझ सूर्यसँग लजाए झैं आउँछन् हिजोआज उसको नजिक त्यहिँ भएर त् उ बिरामि भएको छ । थाहा छ त्यो घर पारीको सल्लेरी वनमा आउने हुरीको आवाजमा पनि गाइने दाईले गित गाए झैँ लाग्छ उसलाई । कहाँ छोड्यो र हिजोले तिमीलाई पनि अझै बालकले खेलौंना पाए झैँ लाग्छ हो त्यहिं भएर त् उ बिरामि भएको नाटक गर्छ । हाँसी – हाँसी आउँछ कहिले यो दु:ख पनि त्यही भएर त् खुशीले पनि सताएझैँ लाग्छ अनि उ बिरामि हुन्छ ।
( माथि नजर जुधेकी उनि कहिँ लालाबाला हुर्काइरहेकी अनि हुर्काउन तरखर गर्दै गरेकी होलिन् । )
धुँवा र रक्सि त् कठै बहाना मात्र हुन् , थाहा छ दोषी त् यहि जिन्दगीको पाना हो । यो मनको परिभाषा यसरि दिन मन छ उसलाई नि यी सबै केवल छालाले घेरिएका जिन्दगीका पानाहरु मात्र हुन् । मन भनेको यस्तो चिज हो जुन कम्जोर भयो भने त्यसको फाइदा मनकै नजिक भएका हरुले उठाउदा रहेछन। हिजोआज लाग्छ उसलाई यसरी चिनाउने साथीहरु यी अन्धा भए पहिले सबै काना थिए । यहाँ आज पनि संस्कार बुझ्ने सबै आदरणीय छन् चाहे ठुला हुन् या साना । बर्षा काटेपछि प्राय सबैले भुसुकै बिर्सिन्छ त्यो पानि छेक्ने छानो ।
“कसैले कहिँ लगेर फ्याकेर आउन् यी जिन्दगीका खालि बोतलहरु यार …………. अनि उसलाई बल्ल लागोस न भर्खर त् पिउन सुरु भएको छ ।”
यहाँ यतिका संघर्षका बावजुत भोक भेटिदै गर्दा उसले त्यहाँ भोग भेटायो थाहा छ नि तिमीलाई नै सबै उल्टो भयो त्यहाँ उपचार अनि यहाँ केवल शोक मात्र भेटियो …… त्यै भएर हो उ आज बिरामि भएको । यी यात्रु जिन्दगीलाई फर्किएर खोज्दै जादा बाटोमा छरिएका धेरै काडाँहरुमा यिनै पैतालाको डोब भेट्छन । थाहा छैन तिमीलाई यी निर्मम हावाले सिकाएथे नाच्न उसलाई तर तर आज नचिनेको पातले खस्दै भन्यो त्यो हागामा नि बोझ भेटियो ? तै पनि आफु गुज्रेर आएको बाटोले यादको पत्र मन्जुषामा सुटुक्क खसाउदो रहेछ पुरानो तस्बिर जस्तै केहि जो आँख-आँखै बोल्न खोज्दो रहेछ र भन्दो रहेछ – नबिर्स, अध्यारो भित्रबाटै तिमीले बोकि ल्याएका हौ उज्यालोको झिल्का ! खोजि खुशीको थियो नि उसलाई पनि तर यहाँ घुम्दै जादाँ धेरै थोक भेटियो ……
हुन त् नदि कहिले पो आफ्नो इच्छाले बगेको छ र ? ओरालो जता जता उतै उतै बग्नु परेको छ , यो जिन्दगि पनि ठ्याकै तेस्तै ओराली लागिरहेको छ । अझै पनि उसको यो मन डराएको छैन, डगमगाएको छैन बस यति होकी दैब यो मुटु बन्द नहोस् यो मस्तिस्कमा आउने जुलुशहरु नारोकिउन , कति जुलुशहरु अझै यहि बाटो भएर जानै बाकीं छ ! कसैले कहिँ लगेर फ्याकेर आउन् यी जिन्दगीका खालि बोतलहरु यार …………. अनि उसलाई बल्ल लागोस न भर्खर त् पिउन सुरु भएको छ । खाली उल्टो सोच्छ उ सधै भरि ताकी, दुनियाँलाई लागोस यसले अलिकति पढेको छ यसमा पनि धेरै थोरै चडेको छ ।
“ठुला ठुला आशाले होइन साना-साना खुशीले जिन्दगि रङ्गिन खै भयो ? इमान्दारिता नै सबै भन्दा ठुलो धन हो , निबन्ध की बास्तबिकता ?”
फुल, बस , आफैमा यति सुन्दर छ कि तारिफमा उसलाई अबिर लगाईदिन पर्दैन कसैले हार पहिर्याइदिन पर्दैन उसको वरपर दियो पनि बालिदीन पर्दैन फूललाई पुजा पटक्कै मन पर्दैन तर उ नै नभई कुनै पुजा हुदैन ………
कुनै दिन क्रान्तिनै गर्न भनेर काठमान्डौ हानिएको उसलाई आज यहिँ काठमान्डौले हानि रहेको छ । उसँग यहिँ एउटा जिबन थियो , जिबन दियो , अरुसँग चलाखी थियो , लगानी थियो त्यहिँ दिए र त्यहिँ लिदैछन यस्तो पो रहेछ त् यहाको क्रान्ति त ……
हुन त् उ पनि एउटा पन्छी न हो कहिँ बाट उड्दै जादा यहाँ सम्म आइपुग्यो । पखेटा काटिएका पन्छीहरु यो निलो आकाशमा उडेको कसैले देखेको पनि छैन ठिकै पनि हो पखेटा भुलेका पन्छीहरु निलो आकाशमा उड्दैनन् पनि ! ताल्चा लगाएर बन्द ढोका भित्र राख्ने पनि त् होइन नि पन्छीलाई उसलाई खुल्ला आकाशमा उड्न दिन पर्छ । उड्न दिनु र उडाउनुमा भेद छ ………. यति जान्दा जान्दै पनि कसैले उसलाई उडाउँछ भने उ उड्ने होडमा लाग्छ नै ……
कठपुतली ले हिजो भर्खरै उसलाई भन्यो “म मान्छे हु” भनेर अनि उसलाई शंका लाग्यो कतै उ कठपुतली त् होइन ? सुन न मान्छे बनाउने दलाल तिम्रो नम्बर कति हो ?? उसलाई पनि मान्छे बनाउन पर्यो ! ठुला ठुला आशाले होइन साना-साना खुशीले जिन्दगि रङ्गिन खै भयो ? इमान्दारिता नै सबै भन्दा ठुलो धन हो , निबन्ध की बास्तबिकता ? सबैले दिलको धनि भन्दा पनि खल्तीको धनि खोज्ने रहेछन । यो ठुलो सहरमा साना मान्छेलाई जिउन गाह्रो हुन्छ …. र पनि अस्तित्वको खातिर दिनरात अघोसित युद्ध लड्छन भोक बिरुद, शोक बिरुद निरन्तर-निरन्तर लडीनै रहन्छन् अन्तहीन युद्धका शृंखलाहरु …………
“यो जिन्दगि स्टेजमा नाच्ने कलाकार झैँ रहेछ त्यसैले यहाँ जस्तो बाजा बज्छ त्यस्तै नाच्नू पर्छ ।”
भनिन्छ कोसिशमा नै संसार अडिएको हुन्छ , मिठो बोलि ले मित्र भेटाइन्छ र असहैय व्यावहारले घृणा । तर यहाँ सबै उल्टो मात्र किन हुन्छ ? जो आत्मिय छ्न उनीहरुबाटै धोका पनि बढी हुने रहेछ त्यै भएर भनिएको होला “मित्र बाट बच्न सके त् शत्रुसँग जो पनि लड्न सक्छ ।” अनेकौं बेदना पोख्ने माध्यम अनि सुखमा समेत छिटो भावना बुझेर झारिदिने यी आँसुका ढिक्काहरु झर्दैगर्दा गालाको मध्यभाग बाट सितलता छर्दै र सान्त्वना भर्दै ओठमा ठोकिएर नुनिलो स्वाद दिन पुग्छ्न, न पिउन नै सकिन्छ न त् नकार्न तै पनि प्यारो साथि आँसु नै मानिन्छ । यो जिन्दगि स्टेजमा नाच्ने कलाकार झैँ रहेछ त्यसैले यहाँ जस्तो बाजा बज्छ त्यस्तै नाच्नू पर्छ ।
आज धेरै पछी उसले जिन्दगीको ढोका खोल्यो । उसले केवल देख्यो त् खुल्ला झ्याल, भद्रगोल कोठा, चिन्ह राखेर छोडिएका छरपस्ट किताबहरु, केहि खालि पानाहरु ।
बिर्को खुल्लै छोडिएका पेनहरु बताईरहेछन उ हराएको धेरै भएछ …………….