भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

  • प्रकाशित मिति : २०७८ श्रावण ८, शुक्रबार
  • nepaltale.com

काठमाडौं। काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ। बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का आएको हो।

बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको थियो।

उक्त भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो। केन्द्रका अनुसार त्यो भूकम्प ३.२ म्याग्नेच्युडको थियो।