उपत्यकामा साउन १० पछि पुनः निषेधाज्ञा थपिने

  • Published Date : 2021-07-23
  • nepaltale.com

काठमाडौं । काठमाडौं उपत्यकामा साउन १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । कोरोना संक्रमण दर पछिल्लो केही दिनयता बढ्दै गएका कारण निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो ।

यसका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच अनौपचारिक छलफल समेत भइरहेको छ । अन्तिम निर्णय भने आइतबार हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताए । एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थपिने सम्भावना रहेको बताइएको छ ।



हाल अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनलाई आवत् जावत गर्न दिइएको छ । उपत्यकामा सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ ।

उपत्यकामा सभा, समारोह पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, शैलुन, ब्युटी पार्लर, जिमखाना शैक्षिक संस्था बन्द छन् । उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।