काठमाडौं। देशभर मौसम सामान्य देखि पूर्ण बदली रहेका कारण अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनसम्म धेरै ठाउँमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश नं १ र गण्डकी प्रदेशका भारी बर्षाको सम्भाबना रहेकाले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको महाशाखाले सचेत गराएको छ ।
साथै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
२०७८ साउन १० गते (आईतबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ साउन ११ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ साउन १२ गते (मंगलबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती , गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।