म एक समूहको महामन्त्री होइनः गगन थापा

  • प्रकाशित मिति : २०७८ पुष १, बिहीबार
  • nepaltale.com

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफू कुनै एक समूहको महामन्त्री नभएर सबैको महामन्त्री भएको बताएका छन्।

बिहीबारको मतगणनाबाट महामन्त्रीमा निर्वाचि थापाले उम्मेदवारी दिँदा एउटा समूहबाट दिएको भए पनि अब आफू सबैको महामन्त्री भएको बताए।

अनुमप पार्टी प्यालेसमा आयोजित कार्यक्रममा आफूलाई महामन्त्री बनाउन मतदाताहरु खटेको भन्दै अब आफू खट्ने बताए।

‘एउटा समूहको उम्मेदवार बने पनि निर्वाचित भइसकेकोले समूहको महामन्त्री म अब होइन। सबैको महामन्त्री हुँ। मलाई महामन्त्री बनाउन तपाईंहरु खट्नु भयो। अब खट्ने पालो मेरो हो’, थापाले भने।

उनले बेठीक व्यक्तिलाई महामन्त्री बनाएछ भन्ने हुन नदिने बताए। उनले आफूलाई विजयी बनाउने सबैलाई धन्यवाद दिए।