पाँचथरमा एकको हत्या, दुई घाईते

  • प्रकाशित मिति : २०८० पुष २६, बिहीबार
  • nepaltale.com

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटेमा धारीलो हतियार प्रहार गरि एकजनाको हत्या भएको छ भने तीन जना घाईते भएका छन् ।

केहिबेर अगाडी घटना भएको हो । स्थानिय गोमा फियाकको हत्या भएको जानकारी प्राप्त भएको छ । महेन्द्र श्रेष्ठ र कान्छीमाया फियाक घाइते भएका छन् ।

घाइतेलाई अस्पताल लैजान लागिएको वार्ड अध्यक्ष जिवन फियाकले जानकारी दिए ।

हत्यारा फरार छन् । घटना स्थलमा प्रहरी जादै गरेकाले केहि समय पछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्सपेक्टर दिवस कुवँरले जानकारी दिए ।