रौतहटमा अज्ञात समूहद्वारा रोकिराखेका ई लोडर रिक्शामा आगजनी

  • प्रकाशित मिति : २०८० पुष २७, शुक्रबार
  • नेपाल टेल संवाददाता

रौतहटको काटहरिया नगरपालिका ५ स्थित गएराती एक गाडीमा आगजनी भएको छ । स्थानीय छोटेलाल साह सोनारको सामान ढुवानी गर्ने मधेश प्रदेश -०३-००२स-२૪૪३ नम्बरको ई लोडर रिक्शामा राति साढे १२ बजे अज्ञात व्यक्तिले आगलागी गरेको हो ।

साहले बिहीबार काम सकेर आफ्नो घर अगािडि पार्किंङ गरि राखिएको थियो । आगोको मुस्लो हेरेर छिमेकीसंगै सनारले आगलागी भएको केहीबेरमै घरका सदस्यहरु मिलेर आगोलाई नियन्त्रणमा लिएका थिए । ढुवानी प्रयोजनमा प्रयोग हुने उक्त रिक्सामा आगलागी कसले गरेको हो खुल्न नसके पनि कुनै पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।



ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई अरुण सिंहले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। आगलागीबाट गाडीमा ठूलो क्षति पुगेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।