कपडा धुन तयार पारेको पानीमा डुबेर ११ महिने शिशुको मृत्यु

  • प्रकाशित मिति : २०८० माघ १३, शनिबार
  • नेपाल टेल संवाददाता

भक्तपुरमा कपडा धुन तयार पारेको पानी राखेको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ ।

शनिबार दिउँसो २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलमा बस्ने लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको ज्यान गएको प्रहरीले जनाएको हो । खाटमा सुतिरहेका लक्ष्मण भुईँमा खस्दा भाँडोमा परेका थिए ।



लगत्तै उपचारका लागि सिद्धी स्मृति अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।