पाँचथरकाे जाेरपाटीमा श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमानले गरे आत्महत्या

  • प्रकाशित मिति : २०८० माघ १४, आईतवार
  • नेपाल टेल संवाददाता

फिदिम । पाँचथरको फालेलुङ गाँउपालिका २ जोरपाटीमा श्रीमतीलाई खुकुरी प्रहारी गरी घाइते बनाएपछि श्रीमानले आत्महत्या गरेका छन् ।

जोरपाटीका ४० बर्षीय मानबहादुर गुरागाईले श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।



शनिबार दिउसो श्रीमतीलाई खुकुरी प्रहार गरेर गम्भिर घाइते बनाएपछि मानबहादुर फरार थिए । फरार रहेका मानबहादुरलाई खोजी गर्ने क्रममा घर नजिकैको मल्लिडे जंगलस्थित खन्यूको रुखमा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

श्रीमानको खुकुरी प्रहारबाट गम्भिर घाईते भएकी बिमलाको झापास्थित बी एण्ड सी अस्पतालमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवस कुँवरका अनुसार घाईते बिमलाको अवस्था चिन्ताजनक छ ।