सुनको गहना र नगद चोरी गरेको आरोपमा प्रकाश पक्राउ

  • प्रकाशित मिति : २०८० माघ १८, बिहीबार
  • नेपाल टेल संवाददाता

फाकफोकथुम गाउँपालिका-१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रूपैयाँ चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश साँवा (लिम्बु) लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बुद्धिमानको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रकाशलाई चोरी भएको सुनसहित फेला पारी पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।